सरकारले मधेसीमाथि तरवार चलायो : कर्ण
राजपाले आफुले उठाएका मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही विषयहरुमा सरकारले अहिलेसम्म नसुनेको बताएका हुन् ।
उनले रोष्ट्रम घेरेपछि मात्रै बोल्ने सिस्टम सरकार आफैले बसाएको भन्दै संसदीय मर्यादाअनुसार संसद चल्नुपर्ने बताए ।
‘म सरकारलाई अनुरोध गर्न चाहन्छु । यसै किसिमबाट जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेर्छो र जेजे गर्नुपर्ने हामी यहा सुरु गर्छौँ,’ कर्णले सरकारलाई चेतावनी दिए ।
उनले आफुहरुले संविधान संशोधनको मुद्दा उठाउदा मधेसी जनजातीमाथि तरवार चलाएको भन्दै त्यसको उदाहरण लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि ल्याएको विज्ञापन भएको बताए ।
उनले उक्त विषय समावेशी समानुपातिक विरोधी भएकाले स्थगित गर्न निर्देशन दिएपनि मन्त्रीले त्यसको वेवास्ता गरेको बताए ।
उनले माइतीघर मण्डलामा मात्रै नभएर मधेसमा पनि लोकसेवाको विज्ञापन जलेको भन्दै फेरि मधेस आन्दोलन हुनसक्ने चेतावनी दिए ।
उनले संसदमा दर्ता भएका विवादास्पद विधेयकहरु फिर्ता लिनुपर्ने भन्दै सरकारले भन्ने गरेको लोकतन्त्र व्यवहारमा नदेखिएको बताए ।
उनले लोकतन्त्रको विरोधमा कानुन ल्याउने हो भने लोकतन्त्र नटिक्ने भन्दै लोकतन्त्रको हत्या नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण