नेपाली सेनाले दिन थाल्यो विद्यार्थीलाई एनसिसी तालिम
बुटवल । नेपाली सेनाले देशैभरका विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको छ । यही क्रममा गुल्मीमा रहेको विरभद्रजं गुल्म धागीथुम ब्यारेकले सदरमुकाम तम्घासमा आइतवारदेखि दुई विद्यालयका ७२ जना विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो ।
उसले तम्घासको आदर्श विद्या मन्दिर र गण्डकी बोर्डिङ्ग स्कुलका गरि कुल ७२ जनालाई उक्त तालिम दिन सुरु गरेको छ । प्रति विद्यालय १८ जना छात्रा र १८ जना छात्र छनौट गरि तालिम दिन सुरु गरिएको त्यस गुल्मका गुल्मपति सेनानी रविन्द्र महार्जनले जानकारी दिए ।
उनले नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ साल देखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको बताउँदै यस अािर्थक बर्षमा देशभर ७ हजार ७ सय जना भन्दा बढि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन लागेको जानकारी दिए ।
सभ्य , अुनशासित र असल नागरिक उत्पादन गर्नु यस तालिमको मुख्य उद्देश्य रहेको उनले बताए । ‘कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीलाई दिईने यो तालिम जुनियर डिभिजनको हो, उनीहरुलाई हतियार सम्वन्धि तालिम दिईन्न’– उनले भने–‘ कक्षा ११ र १२ का विद्यार्थीलाई दिईने सिनियर डिभिजनको तालिममा हतियार चलाउन समेत सिकाईन्छ ।’
उनका अनुसार ७९ दिन सम्म नेपाली सेनाका चार जना प्रशिक्षकले उनिहरुको स्कुलमा पुगेर तालिम दिने छन । बाँकी २१ दिनको तालिम दिलाउन देशैभरका एनसिसी रिग्रुटहरुलाई काठमाण्डौको हात्तिखोर स्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रमा पठाईने छ र त्यही नै पार्सिंङ आउट हुने छन ।
सेनानी महार्जनका अनुसार एनसिसीमा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड बनाएको छ । ४ फिट १० ईन्च उचाई र त्यही अनुसारको शारपरक तौल हुनुपर्दछ । तालिमा सहभागि विद्यार्थीहरुलाई नेपाली सेनाले दैनिक आधा लिटर दुध , जेसी खाजा खुवाउने छ । काठमाण्डौमा २१ दिन सम्म आवास खाना सहित सम्पुर्ण खर्च सेनाले नै ब्यहोर्नेछ ।
तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिक भई देशको सेवा गर्ने हुने ईच्छा रहेकोले एनसिसी तालिम रोजेको प्रतिकृया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण