विप्लवका नेता पक्राउ परेपछि रेखाको आक्रोश : राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो !
काठमाडौं – अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित छिन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि उनी राज्यप्रति आक्रोशित भएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो आक्रोश पोखेकी छन् ।
‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ,’ उनले अगाडि लेखेकी छन् ‘धकेलेर, भरखरै मारौँला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो ।’
‘कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?’ उनले प्रश्न समेत उठाएकी छन् ।
कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो । कार्की रेखा थापा निर्देशित तथा अभिनित फिल्म ‘मालिका’का निर्माता तथा कलाकार पनि हुन् ।
पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । सामाजिक अभियन्ताको रुपमा समेत आफूलाई चिनाएका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षक मध्येका एक हुन् ।
उनी गएको वर्ष एक भव्य कार्यक्रमका बीच विप्लव समूहमा प्रवेश गरेका थिए ।
रेखाकै फिल्म ‘हिम्मतवाली’का नायक सुदर्शन गौतमबिरुद्ध पनि मानव तस्करको आरोप यस अगाडि नै लागि सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण