बझाङका २ वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी, शंकास्पद वस्तु पनि फेला
मङ्गलबार, १० असार २०७६, ११ : ३२
बझाङ–बझाङका २ वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ ।
शुक्रबार जयपृथ्वी नगरपालिका ३ पडेस र मष्टा गाउँपालिका १ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको हो भने बुंगल नगरपालिका ११ को वडा कार्यालयमा शंकास्पद बस्तु फेला परेको हो ।
जिआइ पाइपमा फिट गरेको अवस्थामा वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको स्थानीय शिक्षक रमेश बोहराले बताए ।
यस्तै आगजनी हुँदा जयपृथ्वी नगरपालिका ३ को वडा कार्यालयको ढोका र मष्टा गाउँपालिका १ को वडा कार्यालयको झ्याल जलेर क्षती भएको प्रहरीले जनाएको छ । त्यस्तै स्थानियले वडा कार्यालयमा शंकास्पद बस्तु राखेको खबर गरेपछि प्रहरी को टोली घटना स्थलतर्फ गएको बझाङका डीएसपी सूर्य बहादुर केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण