प्रकाश सपुतलाई अछुत भनेर अपमान गर्नेलाई कारवाही गर्न सांसदको माग
काठमाडौँ । ‘गलबन्दी च्यातियो तिमीले तानेर’ गीतबारे विवाद संघीय संसद्मा पनि चर्चा शुरु भएको छ ।
यसअघि नै चर्चामा रहेको गीतबारे गायक शम्भु राईले गीतको लय आफ्नो गीतसँग हुबहु मिलेको दाबी गरेपछि यसबारे पक्ष–विपक्षमा विवाद भइरहेको छ ।
यही क्रममा राईका एक समर्थकले सामाजिक सञ्जालमा गायक सपुतलाई दलित र अछुत भन्दै गालीगलौचमा उत्रिएपछि सांसदहरुले यस्तो अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग गरेका छन् ।
मंगलबार संसद वैठकमा धारण राख्दै सांसद विमला विकले त्यस्ता अभिव्यक्ति दिनेमाथि कारवाहीको माग गरेकी छिन् ।
बैठकमा बोल्दै विकले भनिन्, ‘सर्जक प्रकाश सुपत र शान्तिश्री परियारले ‘पछ्यौरी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउनुभयो । एक महिनाभित्र यो गीत एक करोड पटकभन्दा बढी हेरिएको छ । नेपाल बाहिर र भित्र रहेका नेपालीको मनमस्तिष्कमा पुग्यो ।’
‘मलाई अचम्म लाग्छ छोटो समयमा लामो दुरी पार गर्नेलाई धावक भनेर सम्मान गरिन्छ,’ उनले भनिन्, ‘तर, छोटो समयमा धेरै नेपालीको मनमस्तिष्कमा पुग्न सफल सर्जकहरुलाई कुजात र अछुत भनेर अपमान गरिएको छ ।’
आफ्नो गीतको लय बाझियो भन्ने शुम्भु राईलाई समर्थन गर्ने नाममा सर्जक तथा सम्पूर्ण दलितहरुलाई अपमान गर्ने गरी सामाजिक सञ्जालहरुमा अभिव्यक्तिहरु आइरहेकोमा उनले आपत्ति प्रकट गरिन् ।
उनले यस विषयमा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै यसलाई कानून र नियमभित्र ल्याएर कारवाही गर्न माग गरेकी छिन् ।
त्यस्तै, सांसद महेश्वरजंग गहतराजले पनि गायक प्रकाश सपुत र सपनाश्रीको गीतलाई लिएर सर्जक तथा दलित समुदायलाई लक्षित गरेर अपमान गर्ने अभियान चलेको भन्दै उनीहरुलाई तत्काल कारवाही गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण