आदित्य पंचोलीमाथि अर्की अभिनेत्रीले लगाइन् दुष्कर्मको आरोप, मुद्दा दर्ता
बलिउड फिल्म अभिनेता आदित्य पंचोलीविरुद्ध मुम्बईको वर्सोवा थानामा एक अभिनेत्रीले दुष्कर्मको मुद्दा दर्ता गराएकी छिन् ।
द हिन्दु पत्रिकामा प्रकाशित यो समाचार अनुसार वर्सोवा पुलिसले दिएको जानकारी अनुसार आरोप लगाउने अभिनेत्रीले बिहिबार पुलिसलाई आफ्नो बयान दर्ता गराएकी हुन् ।
मुम्बई पुलिसका प्रवक्ता डिसिपी मंजुजाथ सिंघेले भने, ‘हामीले बलात्कार, गलत आचरण, कुटपिट र आपराधिक रुपमा धम्की दिएको मुद्दा दर्ता गरेका छौं ।’
पत्रिकाका अनुसार आरोप लगाउने अभिनेत्रीले आफू सन् २००५ देखि २००८ को बीचमा आदित्य पंचोलीसँग सम्बन्धमा भएको बयान दर्ता गराएकी छिन् । यतिबेला पंचोलीले आफूमाथि उत्पीडन गरेको उनको आरोप छ ।
पंचोलीले उनलाई घरको कोठामा बन्द गरेको र उनलाई शारीरिक रुपमा उत्पीडन गरेको आरोप लगाएकी छिन् ।
वर्सोवा पुलिस स्टेशनका एक अधिकारीले भने, ‘हामीले पीडितको बयान दर्ता गरेका छौं । यो मामला थुप्रै वर्ष पुरानो हो त्यसकारण हामीले पीडितले भनेको स्थानमा गएर अनुसन्धान गर्नुपर्छ ।’
बलिउडकी अर्की नायिका कंगना रनावतले पनि पंचोलीले आफूलाई करियरको सुरुवाती दिनमा शारीरिक र यौनिक हिंसा गरेको आरोप लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण