हाइकु (असार १५ विशेष)
शनिबार, १४ असार २०७६, ११ : ५४
-ध्रुवप्रसाद गजुरेल
भ्यागुता पनि
ट्वार ट्वार गरेर
पानी मागेका ।
खेत भरियो
राति परेको पानी
समा चलेको ।
धान दिवस
असार पन्ध्र गते
दही चिउरा ।
माना रोपेर
मुरी फलाउँ भन्दै
सवै खेतमा ।
चिल्ला आलीमा
उभिएर लाठेले
असारे गाए ।
ल है नानी हो
रोपाइ चाडो सक
घरमा जान ।
रोपारे नानी
चाडो नरोपे तिमि
आउनु भोलि ।
नारेका गोरु
ह ह माले भनेर
कुदिरहेका ।
नारा लागेको
यान्त्रीक करणको
दुर्गम गाउँ ।
ब्याडे नानी हो
चाडो चाडो गरेर
बिउ लेराउ ।
मेलो देउन
नसके जानु पर्ला
हाम्रा घरमा ।
असारे बेला
छुपुमा छुपु गर्दै
धान रोपेर
असारे गीत
गाउँदै रोपारले
नचाए सब ।
लाठे, रोपार
हिलाम्बे शरीरमा
दोहोरी खेल्दै ।
घरका मुली
नचिल्लान भरे नि
ए है रोपार हो ।
फर्कीए घर
दोहोरीमा रमाई
गाउँदै गीत ।
तारकेश्वर नगरपालिका–३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण