दयाहाङको ‘आप्पा’ सुखद ओपनिङ
काठमाडौं – ‘आप्पा’ अभिनेता दयाहाङ राई अभिनित फिल्म हो । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले ओपनिङ ब्यवसाय राम्रो गर्न सफल भएको छ ।
फिल्मले शुक्रबार र शनिबार देशभरका चलचित्र भवनमा राम्रो व्यवसाय गर्न सफल भएको निर्माण युनिटले जनाएको छ । बाबुछोराको कथामा बनेको फिल्मले मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतिर राम्रो व्यावसाय गर्नेको निर्माण युनिटको दाबी रहेको छ ।
अनमोल गुरुङको निर्देशन रहेको फिल्ममा शनिबार राजधानीको गोपी, गुण, अष्टनारायणलगायतका सिंगल थिएटरमा पनि दर्शक चाप राम्रो रहेको थियो । फिल्मलाई दर्शकले मिश्रित प्रतिक्रिया प्राप्त छ ।
‘वर्ड अफ माउथ’ बलियो भएका कारण आइतबारबाट फिल्मका दर्शक अझै बड्ने निर्देशक गुरुङले अनुमान गरे ।
फिल्ममा दयाहाद्दका अलवा सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अल्लोना काबो लेप्चा, अरुणा कार्कीको पनि अभिनय रहेको छ । फिल्म ‘आप्पा’ भारतका २५ हलमा पनि प्रदर्शनरत रहेको निर्देशक गुरुङको भनाई रहेको छ ।
शनिबार दिउँसो फिल्मका अभिनेता सिद्धान्त र अभिनेत्री अल्लोनाले राजधानीका केही हल पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । फिल्म हेर्ने सबैबाट राम्रो प्रतिक्रिया मिलेको उनीहरुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण