सरकारका कामकारवाहीबाट जनतामा असन्तुष्टि बढ्यो : माधव नेपाल
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभालाई मङ्गलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टी बढ्दै गएको बताएका हुन् ।
न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उनले गरे । व्यवहारमा पुष्टी नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औँल्याए । उनले नेतृत्वले सधैँ विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताए ।
‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ’ नेपालको भनाई छ ।
नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्र्दभमा उनले आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखे ।
‘आफ्नो देशको साधन संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालका उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन,’ नेपालको भनाई छ । केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा नेपालको जोड थियो ।
नेता नेपालले राम्रो गर्नेलाई ईष्र्या गर्ने किसिमको ध्वंसात्मक दिमाग राख्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण