पूँजी बजारमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी
काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन् ।
अर्थमन्त्री खतिवडाले पूँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट परे ।
मङ्गलबारबाट काठमाडौँमा सुरु भएको वित्तीय साक्षरतासम्बन्धि वृहत अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा पनि पूँजी बजारले राम्रोसँग काम नगरेकाले नियमनकारी निकायलाई निगरानी गर्नुपरेको पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पूँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिए ।
५० लाखभन्दा बढि युवाहरु वैदेशिक रोजगारीमा गएका कारण उनीहरुका परिवारका सदस्यले वित्तीय कारोबार गरेपनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तीय संस्थाहरुको बारेमा समेत जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।
उनले महिलाहरु पनि वित्तीय कारोवारमा सङ्लग्न हुने क्रम बढेकाले उनीहरुलाई साक्षर बनाउने काममा पनि लगानी गर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री खतिवडाले बैङ्क तथा वित्तीय संस्थालाई भरपर्दो प्रविधिको प्रयोग गर्न पनि सचेत गराए ।
नेपाल धितो पत्र बोर्ड र ओईसिडीले वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ सो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा भारत, अमेरिका, सिंगापुर, थाईल्याण्ड, दक्षिण अफ्रिका, चीन, अष्ट्रेलिया, भुटानसहितका पूँजी बजारका विज्ञहरु, लगानीकर्ताहरु सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण