रुपन्देहीमा गोली चल्यो, साढे ४ लाखभन्दा बढी लुटियो
मङ्गलबार, १७ असार २०७६, १८ : ४१
बुटवल– आज अपरान्ह रुपन्देहीको गैडहवा गाउँपालिकामा गोली चलेको छ । गोली चलेसँगै एक महिलाको चार लाखभन्दा बढी रकम लुटेर अज्ञात समूह फरार भएको छ । इलाका प्रहरी कार्यालय सूर्यपुराका निमित्त इलाका प्रहरी कार्यालय प्रमुख सई पदम थापाले घटनाको पुष्टि गरे ।
लुम्बिनीबाट कृषि बिकास बैंकमा ४ लाख ६३ हजार रुपैयाँ निकालेर अटोरिक्सामा आउँदै गरेकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्ललाई सोही गाउँपालिका ३ को मंगलपुर चोकमा पछाडीबाट अटोरिक्साको टायरमा गोली हानी दुई जनाको अज्ञात समूह फरार भएको सई थापाले जानकारी दिए ।
रिक्सामा एक जना चालक थिए, दुईजना पुरुष र ती महिला थिइन् । थापाले भने– लुटेर भाग्दा आफुलाई भेटाउन नसकुन भनेर उनीहरुले टायरमा गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ ।’ घटनाका अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण