बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सागरले ६ विकेट लिएपछि चीनमाथि नेपालको शानदार जीत

बुधबार, १८ असार २०७६, १० : ४७
बुधबार, १८ असार २०७६

एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ प्रतियोगितामा नेपालले चीनमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ ।

नेपालको जीतमा सागर ढकाल नायक बने । उनले ६ विकेट लिएपछि चीन मात्र २३.१ ओभरमा ५३ रनमा समेटियो ।

मलेसियाको किनरारा ओभलमा भएको खेलमा ९.१ ओभरमा ३ मेडेनसहित मात्र १९ खर्चेर प्लेयर अफ द म्याच सागरले चीनका ६ खेलाडीलाई पभेलियन फर्काए ।

त्यस्तै, तीलक राज भण्डारीले ३ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले उक्त लक्ष्य मात्र ५ ओभरमा विना कुनै विकेटको क्षतिमा पछ्यायो ।

पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४६ रन बनाए । उनले यसक्रममा ३ छक्का र ६ चौका हिर्काए ।

रीत गौतमले १० रनको योगदान दिए ।

नेपालले अब शुक्रबार सिंगापुरको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप