बुधबार फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएपछि....
एजेन्सी-बुधबार सामाजिक सञ्जाल फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा एकैसाथ प्राविधिक समस्या देखिएको छ । फेसबुक लगायत वाट्स एप्स,म्यासेन्जर,इन्स्टटाग्राममा प्राविधिक समस्या देखिएको हो । बुधबार बिहानबाट सामाजिक सञ्जालहरुमा एकैसाथ यो समस्या देखिएको थियो ।
सामाजिक सञ्जालहरुमा समस्या देखिएपछि बुधबार बिहान हज्जारौ प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् । यसको असर विश्वभर रहेपनि विशेषगरी अमेरिका , युरोप र दक्षिण अमेरिकाकम देखिएको जनाइएको छ । मुख्यत उत्तरपूर्वी अमेरिका,टेक्सास, एटलान्टा, युरोपका पेरिस,लण्डन, उता मेक्सिकोको लगायतका क्षेत्रमा यसको नकारात्मक प्रभाव परेको अन्तर्राष्टिय सञ्चारमाध्यामरुले जनाएका छन् ।
यी क्षेत्रमा फेसबुकमा आएको प्राविधिक समस्याको प्रभाव देखिएको थियो भने ह्वाट्स एप्समा आएको समस्याका कारण दक्षिण अमेरिका, युरोपका जर्मनी लगायतका देशहरु प्रभावित हुन पुगेको जनाइएको छ । प्राविधिक समस्याका कारण फेसबुकले आफ्ना प्रयोगकर्ताहरुसमक्ष तत्काल प्रतिक्रिया दिन नसकेको जनाइएको छ । तर कम्पनीले यो समस्याका बारेमा आफुलाई थाहा भएको र समस्या समाधानमा लागिरहेको प्रतिक्रिया दिएको छ । इन्स्टाग्राम लगायतले पनि सोही प्रतिक्रिया दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण