सलमानका कारण कंगनाले परिवर्तन गरिन् आफ्नो फिल्मको नामः भनिन्, ‘कुनै विकल्प नै रहेन’
बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को शीर्षक परिवर्तन हुनु हिन्दी फिल्म उद्योगमा नातावाद र सत्ताको परिणाम भएको बताएकी छिन् । उनको नयाँ फिल्मको शीर्षक सुरुमा ‘मेन्टल हे क्या’ राखिएको थियो ।
फिल्मको शीर्षक परिवर्तनको विषयमा टिप्पणी गर्दै उनले भनिन्, ‘मलाई लाग्छ कि जतिबेला कंगना रनौतसँग जोडेर केही कुरा हुन्छ तब मानिसहरुलाई समस्या हुन्छ तर हामी बाहिरका व्यक्ति (आउटसाइडर्स) ले पनि समस्या पैदा नगरिकनै आफ्नो बाटो बनाउन सिकेका छौं । यहाँसम्म कि सलमान खानको एउटा फिल्म जुन दक्षिण भारतीय फिल्मको रिमेक थियो, त्यसलाई ‘मेन्टल’ नाम दिइएको थियो ।’
कंगनाले थपिन्, ‘त्यतिबेला कुनै समस्या थिएन तर हामीलाई बताइयो कि हालै ‘मेन्टल’ शब्द प्रतिबन्ध गरिएको छ, त्यसकारण हामीसँग अरु कुनै विकल्प छैन तर हामीलाई वास्तवमै थाहा छ कि हामीले एउटा राम्रो फिल्म बनाएका छौं । हाम्रो फिल्मलाई यू÷ए प्रमाणपत्र दिइएको छ । हामीलाई आफ्नो उद्देश्यमा विश्वास छ । शीर्षकमा एउटा सानो परिवर्तनले कुनै फरक पार्दैन ।’
‘मेन्टल हे क्या’ शीर्षकमा इन्डियन साइकियाट्रिक सोसाइटीले आपत्ति जताएको थियो जसले सेन्सर बोर्डसँग ‘मेन्टल’ शब्दको प्रयोगले मानसिक स्वास्थ्य सम्बन्धि मुद्दालाई महत्वहीन बनाइदिएको आरोप लगाएको थियो । यो फिल्मलाई प्रकाश कोवेलामुदीले निर्देशन गरेका छन् । फिल्ममा राजकुमार राव, बृजेन्द्र काला, जिम्मी शेरगिल र अमायरा दस्तुर पनि छन् । यो फिल्म जुलाई २६ मा रिलिज हुने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण