शहीदनगर नगरपालिकाको बजेट ४३ करोड १२ लाख
बिहीबार, १९ असार २०७६, २२ : ३५
जनकपुरधाम-धनुषाको शहीदनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७का लागि ४३ करोड १२ लाख ६४ हजार बजेट विनियोजन गरेको छ ।
बिहिबार शहीदनगर नगरपालिकाको भएको तेस्रो नगरसभामा प्रस्तुत गरिएको कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । बजेटमा कृषिका अतिरिक्त शिक्षा, स्वास्थ्यलाई समेत ग्राह्यतामा राखिएको छ ।
कुल बजेटको पुजिगत तर्फ १७ करोड ६७ लाख ६५ हजार, चालु तर्फ ९ करोड १० लाख ९९ हजार विनियोजन गरिएको छ । त्यस्तै सशर्त अनुदान तर्फ १६ करोड ३४ लाख रहेको छ । वडा स्तरमा विकास गर्नका लागि प्रत्येक वडाका लागि १ करोड बजेट छुट्याइएको छ ।
राजश्व वाँडफँडबाट १० करोड ४२ लाख ७९ हजार अनुमानित आय रहेको छ । जसमा संघ सरकारबाट ९ करोड ९३ लाख, पदेश सरकारबाट ४९ लाख ७९ हजार रहेको छ । आन्तरिक श्रोतबाट ३ लाख रुपैया अनुमानित आय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण