शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा ऋषि कपुरलाई भेट्न पुगे अर्जुन–मलाइका, नितु कपुरले सेयर गरिन् सुन्दर तस्बिर

शुक्रबार, २० असार २०७६, १३ : ११
शुक्रबार, २० असार २०७६

मलाइका अरोडा र अर्जुन कपुर आजकाल आफ्नो सम्बन्धका लागि विशेष चर्चित छन् । सोसल मिडियामा उनीहरुको तस्बिर सार्वजनिक हुने बित्तिकै मिनेटमै भाइरल हुन्छ । मलाइका र अर्जुन यतिबेला न्यूयोर्कमा छुट्टी मनाइरहेका छन् । यतिबेला उनीहरु नायक ऋषि कपुरलाई पनि भेट्न पुगे । यो भेटको तस्बिर सार्वजनिक भएको छ ।

नितू कपुरले ऋषि कपुरलाई भेट्न पुगेका मलाइका र अर्जुनको तस्बिर सेयर गरेका छन् । यो तस्बिर सेयर गर्दै नितू कपुरले लेखिन्, ‘हाम्रो आफ्नै घरका बच्चा अर्जुन र मायालु मलाइकासँग एउटा रमाइलो साँझ ।’

मलाइका अरोडाले पनि यो तस्बिर आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गर्दै लेखिन्, ‘धन्यवाद नितू जीर र ऋषि अंकल, यस्तो सुन्दर र प्रेमिल साँझका लागि ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Fun evening with our very own Ghar ka bacha Arjun n the Lovly malaika ❤️

A post shared by neetu Kapoor. Fightingfyt (@neetu54) on

एक–अर्कासँगको सम्बन्ध स्विकारेपछि यो जोडी विभिन्न स्थानमा सँगै देखिएका छन् । मलाइका आफैंले पनि अर्जुनसँगको तस्बिर सेयर गरिसकेकी छिन् । एउटा सुन्दर तस्बिर सेयर गर्दै मलाइकाले अर्जुन कपुरसँग आफ्नो सम्बन्धलाई स्विकारेकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप