कविता : उठ, जाग
-वीरेन्द्र कटुवाल
उठ हे, भोका नाङ्गा फेरि
जाग, गरिब दुःखी,
बिउँताउन,
नयाँ देव–अवतारहरूलाई,
फेरि, सहनाई र नर्सिङ्गा फुकी
सत्ता,
‘जानी दुस्मन’ र छ
निर्धा निमुखाहरूका
सधैँ दबाउन खोज्छन कुटीकुटी ।
हुँदैन मुक्ति,
‘ॐ मणिपद्मे हुम’ जपेर सुतीसुती ।
फुक्नुपर्छ बिगुल,
र उठ्नुपर्छ बस्ती बस्तीबाट कसेर मुठी ।
खै,
कहाँ पुरियो र विभेदको घाउ ?
कसले पायो र
बस्ने सुरक्षित ठाउँ ?
कहाँ,
रोकिएको छ र कोचिन,
होचोको मुखमा घोचो ?
कहाँ पाए र
गरिबले ओखतीमूलो ?
लुटिएकै छन् चेली
ठोकिएकै छ नेल, हतकडी र गोली ।
उस्तै छ,
‘बाँङगो रूखलाई बाँङ्गो छ सरकार’ भन्दा,
गर्धन चिलाउने जुग ।
न्यायालय पो किन चाहियो र ?
उस्तै छ,
‘गिभ एन्ड टेक’को सिद्धान्तमा
मुद्दामामिला मिलाउने युग ।
आजभोलि समय
चिच्याइचिच्याइ भन्दै छ
निन्दा गरेर हिंसा कहाँ रोकिएको छ र ?
दया गरेर अधिकार कहाँ आएको छ र ?
त्यसैले
फुकाल्न,
हातबाट विभेदको नेल र हतकडी,
खन्न कब्रस्तान
बनाउन एउटा मजबुत समाधि,
र दफनाउन
दलाल नोकरशाहीहरूको सत्ता
एकफेर फेरि जुट्नुपर्ने भो गरिब दुःखी सारा ।
हाँसो,
कहाँ हुन्छ र,
मूलधारको चेहरामा मात्रै फक्रिएर ?
बहिष्किृतहरूको चेहरामा पनि फक्रिनुपर्छ ।
समृद्धि,
कहाँ हुन्छ र ?
नवधनाढ््यहरूको घरमा मात्रै भित्रिएर ?
हरेक नेपालीको घरआँगनमा भित्रिनुपर्छ ।
अनि आउँछ– समृद्धि,
अनि रोकिन्छ– हिंसा
र, छाउँछ– शान्ति सबैतिर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण