भारतको बजेट : यसरी बढ्न सक्छ नेपालमा पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आइरहेपनि भारतीय बजारमा बढ्दा त्यसको असर नेपालमा देखिने भएको छ ।
शुक्रबार भारतीय लोकसभाले ल्याएको बजेटसँगै भारतीय बजारमा पेट्रोलमा प्रतिलिटर भारु २ रुपैयाँँ ४० पैसा र डीजेलमा प्रतिलिटर भारु दुई रुपैयाँँ ३६ पैसाले वृद्धि भएको हो ।
योसँगै शनिबार भारतको न्यु दिल्लीमा पेट्रोल भारु ७२ रुपैयाँँ ९६ पैसा र मुम्बैमा भारु ७८ रुपैयाँँ ५७ पैसामा कारोबार भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यस्तै, डीजेल दिल्लीमा प्रतिलिटर भारु ६६ रुपैयाँँ ६९ पैसा र मुम्बईमा ६९ रुपैयाँँ ६० पुगेको छ । मूल्य वृद्धि अघि भारतीय बजारमा पेट्रोलको मूल्य भारु ७० रुपैयाँँ ५६ पैसा र डिजेलको ६४ रुपैयाँँ ३३ पैसामा रहेको थियो ।
भारतीय जनता पाटी(बिजेपी)को बहुमतसहितको सरकारले ल्याएको बजेट पश्चात भारतीय बजारमा पेट्रोलियम पदार्थमा वृद्धि आएको हो । भारतीय बजारमा मूल्य बढेसँगै अब त्यसको प्रभाव नेपालमा पनि देखिने सम्भावना बढेको छ ।
भारतमा मूल्य बढेसँगै नेपालमा अब के हुन्छ ? भन्ने सवालमा नेपाल आयल निगमका प्रवक्ता विरेन्द्रकुमार गोहितले अहिले नै यसै भन्न नसकिने तर मूल्य बढेर आउने पक्कापक्की जस्तै भएको रातोपाटीसँग बताएका छन् ।
‘भारतीय बजारमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ । यसले अब नेपालमा के असर पार्ने छ त्यो भने, अहिले नै यसै भन्न सकिन्न’ प्रवक्ता गोहितले भने, ‘भारतीय आयल निगमले पठाउने नयाँ मूल्य सूचिमा भर पर्छ । तर ढुक्क हुनुहोस् अब आउने मूल्यसूची बढेरै आउँछ ।’
आईओसीले १५–१५ दिनमा नेपालमा नयाँ मूल्य सूचि पठाउने गर्छ ।
हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल÷मट्टितेको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण