दिउँसो २ बजे बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक अझै बस्न सकेन
काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक ६ः१५ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
प्रमुख नेताहरु आन्तरिक रणनीतिका लागि ‘कोठे बैठक’ व्यस्त भएपछि दिउँसो दुई बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो ।
पार्टी कार्यालय स्रोतका अनुसार अहिलेसम्म शीर्ष नेताहरुबीच कुनै सहमति हुन सकेको छैन ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा विधान अनुसार पार्टी संगठन निर्माण, पार्टी नियमावली पारित, पहिलो चरणको जागरण अभियानको प्रतिवेदन बुझ्ने, म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्था तथा जनसम्पर्कका समितिको अधिवेशन, नेविसंघ तदर्थ समिति गठन, विभिन्न विभाग तथा केन्द्रीय कार्यसम्पादन समिति गठनलगायतका विषयमा छलफल हुनेछ ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन तयारीमा जुट्ने गरि कार्ययोजना बैठकमा ल्याउन माग गरेपछि सहमति हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अहिले नै महाधिवेशन तयारीका कार्ययोजना बनाउन नसकिने अडान राखेको छ । सभापति देउवाले डेढ वर्ष कार्यकाल बढाउने तयारीमा छन् ।
देउवाको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदैछ । विधानले असाधरण परिस्थितीमा थप एक वर्ष बढाउन पाउने व्यवस्था गरेको छ ।
देउवाले संविधान दिएको थप ६ महिनाको अवधिसमेत थप्न चाहेका छन् । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाले थप ५ वर्ष भित्र अधिवेशन गराउन नसक्ने स्थितिमा थप ६ महिनाको समय बढाउन सक्ने व्यवस्था गरेको छ ।
उनी यही व्यवस्थालाई प्रयोग गरेर अगाडि बढ्ने रणनीतिमा रहेकाले पनि देउवाले पौडेलको प्रस्तावमा सहमति जनाएका छैनन् ।
शीर्ष तहका नेताहरु सभापति देउवाको कार्यकक्षमा छलफल गरिरहेका छन् । यता केन्द्रीय सदस्यहरु बैठकको प्रतिक्षामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण