युएईको लागि नेपाली नवनियुक्त राजदूत ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए
सोमबार, २३ असार २०७६, १६ : १४
-बिनोद श्रेष्ठ
युएई - संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
आबुधाबीस्थित राष्ट्रपति भवनमा आइतबार भएको कार्यक्रमका उनले युएईका प्रधानमन्त्री मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश सुनाएका थिए।
कार्यक्रममा प्रधानमन्त्री शिख मोहम्मद बिन रसिद अल म्याकटुमले नवनियुक्त राजदुत ढकालको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
ढकाल गत माघ २९ गते संयुक्त अरब इमिरेट्स युएईका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। यसअघि उनी भारतका लागि नेपाली कार्यवहाक राजदूतका रुपमा कार्यरत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण