मिसेस नेपाल ग्रान्डका नृत्य थरीथरीका
काठमाडौं – ‘मिसेस नेपाल ग्रान्ड–२०१७’ प्रतियोगीले थरी थरी नृत्य प्रस्तुत गरेका छन् । १८ वर्षदेखि ४० वर्षसम्मका प्रतियोगीले शास्त्रीय, आधुनिक, लोक, बेली, कम्टेम्प्ररी तथा हिपअप जस्ता नृत्य प्रस्तुत गरेका हुन् ।
ललितपुरको कुपन्डोलमा आयोजित ट्यालेन्ट शोमा प्रतियोगीले विभिन्न नृत्यसँगै, गायन, बतृत्वकलासमेत प्रस्तुत गरे । ¥याम्प जोन ईभेन्ट प्रा.लि.द्धारा अयोजित यो प्रतियोगितामा १६ जना प्रतिस्पर्धी छन् ।
ट्यालेन्ट शोमा नृत्य निर्देशक दिपक बज्राचार्य, सँगीतकार जुगल डंगोल, अभिनेत्री सारिका घिमिरे र पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री निर्णाय थिए ।
२ भदौमा राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिसेस नेपाल ग्रान्ड चयन हुने आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी दिइन् ।
महिलाको व्यक्तित्व विकाशसँगै अघि बढ्न हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण