चर्चाका लागि हेलिकप्टर चार्टर गरेर फिल्मको मुहूर्त
काठमाडौं – पछिल्लो समय फिल्मको लगानी बालुवामा पानी भइरहेको छ । एकदुई छोडेर भन्ने हो भने सबै फिल्मका लगानी डुबेका छन् । तर पनि निर्माता निर्देशकले चर्चाका लागि फिल्म निर्माणमा मात्र होइन, शुभ–मुहूर्तमा समेत तडक भडक गर्न छोडेका छैनन् ।
यस्तै तडक भडक फिल्म ‘म यस्तो गीत गाउँछु २’ले पनि गरेको छ । मंगलबार गोरखाको मनकामना मन्दिरमा शुभ–मुहूर्त भएको यस फिल्मका कलाकार मनकामना मन्दिर हेलिकोप्टर चार्टर गरेर पुगेका छन् ।
फिल्मका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा काठमाडौं देखि हेलिकोप्टर चार्टर गरेर मनकामना पुगेका थिए ।
मुहूर्तमा अभिनेत्री पूजा र पलले नै फिल्मको क्ल्याप ठोकेका थिए । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यस फिल्मको अशोजदेखि छायाँकनमा जाने बताइएको छ ।
फिल्ममा पल र पूजासँगै सलोन बस्नेत पनि मुख्य भूमिकामा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण