कविता : सुन्दरता
-डा. रविन बस्ताकोटी
नाप लिने इकाईहरु
वस्तुअनुसार फरक छन्
फरक वस्तुको फरक नाप
तौल, आयतन, लम्बाइ
घनत्व, आर्कषण, चिप्काहट
नाप लिने वस्तुहरुको संरचनामा
अटाएन एउटा नापिने वस्तुको आवरण
जुन फरक फरक नापको निस्कियो
व्यक्तिअनुसार भिन्न तबरले नापियो
त्यो कडीले नापेन सुन्दरता
आँखाले देखेन
छालाको आवरणभित्रको कहानी
भित्री रङ कस्तो छ भनेर
छालाभित्रको मांसपेसीको परिश्रम
मांसभित्रको हड्डीको बोझ
दृश्य खिच्न सकेनन् नयनले
मनको गहिराइसम्म पुगेर
भावनाहरुको आगमन
न त देख्यो रहस्य नै जिन्दगीको
न त देख्यो प्यार प्रियसीको
सुघ्न सकेन नाकले
परिश्रमको पिसनाको वासना,
छालाले थाहा पाएन
स्पर्श र घोचाइको भिन्न रूप,
जिब्रोले स्वाद लिन सकेन
भोकमा भोजनको मिठास कति हुन्छ
कानले सुनेन मिठो बोली
सुन्यो त केवल चित्कारका आवाजहरु,
मनको गहिराइ नदेख्ने आँखाको दृश्यले
प्रेमिल स्पर्श नबुझ्ने छालाको महसुसले
सतही स्वाद लिने जिब्रोको स्वादले
सुगन्ध थाहा नपाउने नाकको घ्राण शक्तिले
मौनताको आवाज नसुन्ने कानको सहयोगमा
भौतिकताको काँधमा टेकेर
यी ज्ञानेन्द्रीयहरुले कसरी नाप्छौँ
सुन्दरता र कसरी दिन्छौ
नाप, अर्थ र परिभाषा सुन्दरताको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण