बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार

शनिबार, २८ असार २०७६, १६ : ५७
शनिबार, २८ असार २०७६

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको कमला नदीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको छ । 

सशस्त्र प्रहरीको महोत्तरी २ नम्बर बाहिनीबाट परिचालित क्षेत्रीय विपद् व्यवस्थापन टिमले शनिबार विहान धनुषाको शहिद नगरपालिका बत्राईमा फसेका ९ जनालाई सकुशल उद्धार गरेको हो । 

टोलीले शहिद नगरपालिका बत्राईस्थित कमला खोलाको बगरमा झुप्रा घरमा फसेका ५ जना र कमलामाई नगरपालिका ७, हसमुढा सखलास्थित कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई  सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ । 

टोलीले महोत्तरी बर्दिबास नगरपालिका १ बजार क्षेत्र स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डमा कटान गरेकोमा पानीलाई पूर्ववत फर्काई कटान नियन्त्रण पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप