निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्ष, देउवाको कार्यकाल एक वर्ष थपिने
काठमाडौं– निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ ।
महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग केन्द्रीय कार्यसमिति र म्याद सकिएका भातृ संस्थाको अधिवेशन तथा तदर्थ समिति गठन लगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटको बैठक बोलाएका थिए ।
बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेएको बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए । देउवाको चार वर्षे कार्यकाल आगामी फागुनबाट सकिन लागेको सन्दर्भमा विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थप्न लागिएको खबर कान्तिपुरमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण