बाढी पिडितहरुका लागि मधेशी आयोगका अध्यक्षद्वारा ५ दिनको तलब बराबरको रकम सहयोग
मङ्गलबार, ३१ असार २०७६, १५ : १२
मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले बाढीपीडितहरुको लागि सहयोग स्वरूप आफ्नो पाँच दिन बराबरको तलब दिने भएका छन् ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा आयोगका अध्यक्षको ५ दिन बराबर, सचिव को ३ दिन, उपसचिव को २ दिन तथा शाखा अधिकृत र नायबसुब्बा को १–१ दिन बराबर को तलब जम्मा गर्ने निर्णय गराएको हो ।
केहि दिन देखि अविरल वर्षा का कारण देशभर भएको डुबान र यसबाट सिर्जित मानवीय संकट प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोग ले केहि दिन अगाडी प्रेस विज्ञप्ति जारि गरेर सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित निकायलाई संकटको बेला सहयोग गर्न समेत आग्रह गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण