नेकपामा प्रमुख बन्न कुदाकुद
पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ ।
पार्टी्भित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वा्धिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आएका छन् । पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिएका छन् ।
संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहेका छन् । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण