पेट्रोलियम पाइपलाइन १५ महिनाअघि सम्पन्न हुँदै
तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ ।
परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले परीक्षणका रूपमा पेट्रोलियम ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, “हामी साउनभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारीमा छौंँ । ” पेट्रोलियम पाइपलाइन राष्ट्रिय गौरवको आयोजना पनि हो ।
भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । गोइतको भनाइ छ, “अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ । ”
पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण