मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत कर्मचारीको समायोजन विवरण सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल रेकर्डर, आयुर्वेद विज्ञ, नर्सिङ प्रशासकलगायत ४ वटा विधाका कर्मचारीको समायोजन विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको समायोजन विवरणमा मेडिकल रेकर्डर निरीक्षक अन्तर्गत वरिष्ठ मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर निरीक्षक/मेडिकल रेकर्डर सुपरभाइजर ५, ६ र ७ औँ तहको कर्मचारीको विवरण सार्वजनिक गरेको छ ।
३ वटा पदका देशभर ४६ जना कर्मचारीलाई समायोजनमा समेटिएको छ ।


यस्तै वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ/कन्सलटेन्ट आयुर्वेद विज्ञ ९/१० औँ तहका कर्मचारीको पनि मन्त्रालयले विवरण सार्वजनिक गरेको हो । यस अन्तर्गत १३ जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ ।

कम्यूनीटी नर्सिङ प्रशासक ९ र १० औ तहको अन्तर्गत १ जना रहेका छन् । जसलाई संघ अन्तर्गत नै राखिएको छ ।
वरिष्ठ अस्पताल नर्सिङ प्रशासक/अस्पताल नर्सिङ प्रशासक अन्तर्गतको ९ र १० औ तहका कर्मचारीहरुको पनि समायोजन विवरण सार्वजनिक गरिएको छ । यस पदमा १४ जना कर्मचारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण