ग्लोबल आइएमइ लघुवित्तको शतप्रतिशत हकप्रद बिक्री साउन २१ बाट खुल्ने
शुक्रबार, ०३ साउन २०७६, १५ : २७
ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्थाको हकप्रद सेयर आगामी साउन २१ गतेदेखि निष्काशन हुने भएको छ ।
कम्पनीले ११ लाख ४ हजार ७ सय ७५ कित्ता सेयर निष्काशन गर्दैछ । यसको अंकित मूल्य सय रुपैयाँ तोकिएको छ ।
यसका लागि भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले एक कित्ता सेयर बराबर थप एक किता सेयर दिनेछ ।
यसमा असार ३१ सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
यस हकप्रदलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । हकप्रद बिक्रीपछि कमपनीको चुक्ताँपुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।
हाल यसको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण