जागिरको प्रलोभनमा मानव तस्करी
वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्।
दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्।
प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए। गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए।
मानव बेचबिखनमा संलग्नलाई हदैसम्मको कारबाही व्यवस्था छैन। यसरी ठगी गर्नेको पछाडि कारबाही नहुँदा विभिन्न मुलुकमा रोजगारीको लोभमा परेर नेपाली नागरिक ठगिएका छन्। स्थलमार्गबाट अमेरिका र युरोप लैजाने जालोजस्तै दलालले अन्य विभिन्न जालो बनिरहेका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण