भारतमा इन्जिनियरिङ अध्ययनका लागि २८ जनालाई छात्रवृत्ति
शनिबार, ०४ साउन २०७६, १६ : १७
जनकपुर–प्रदेश नम्बर २ सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडा स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्रालाई छात्रवृत्ति दिने भएको छ ।
इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई सहयोग पुर्याउनका लागि १८ जना छात्रा तथा सहिद परिवारबाट १० जना छात्र–छात्रालाई इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो ।
यस अन्तर्गत सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने इन्ष्टिच्यूसनका डाइरेक्टर परमजित सिंहले जानकारी दिए ।
यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क भने आफैले बेहोर्नु पर्ने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण