फ्लोअप : तीर्थराज निरौलामाथि पनि कारबाही सिफारिस
युएई । संयुक्त अरब इमिरेट्स (युएई) काे आवुधावीस्थित नेपाली दूतावासले नागार्जुन नगरपालिका ९ स्यूचाटार घर भएका तीर्थराज निरौलालाई कारबाही गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सिफारिस गरेको छ ।
साउन १ गते दूतावासका श्रम सहचारी मोतिराम भुषालद्वारा हस्ताक्षरित पत्रमा निरौलालाई सम्बन्धित कागजातसहित आवश्यक कारबाही गर्न सिफारिस गरेको हो ।
अमर कुँवर र दिक्षा कुँवरले दूतावासमा जेठ २ गते दिएको निवेदनको आधारमा निरौलालाई कारबाहीको लागि सीआईबीलाई पत्र काटिएको श्रम सहचारी भुषालले रातोपाटीलाई जानकारी दिए ।
यसअघि वैशाख ३ गते निरौलाले अमर कुँवर र दिक्षा कुँवरले आफूलाई ठगेको भन्दै दूतावासमा दिएको निवेदनको आधारमा दूतावासले कुँवरद्धयलाई कारबाहीको लागि सीआईबीलाई सिफारिस गरेको थियो ।
सीआईबीका प्रमुख डीआईजी निरज शाहीले आवुधावीस्थित नेपाली दूतावासबाट पत्र आएको पुष्टि गरे । उनले भने, ‘निरौला र कुँवरको व्यक्तिगत लेनदेनको विषय रहेकाले दूतावास र वैदेशिक रोजगार विभागले हेर्नुपर्ने हुन्छ ।’
सीआईबीले जुलाई ७ मा दूतावासलाई पत्र काटेर पठाएको समेत डीआईजी शाहीले बताए । ‘पत्रमा व्यक्तिगत लेनदेनको विषय रहेकाले दूतावासले नै सल्ट्यानुपर्ने, ’ डीआईजी शाहीले भने, ‘हामीले पनि छुट्टै तरिकाले अनुसन्धान गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
-
प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयत छलफल प्रारम्भ
-
युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण