सर्वोच्चको निर्णय उल्टाउँदै महानगर
बिहीबार, ०९ साउन २०७६, ०७ : १२
सर्वोच्च अदालतको फैसलाविपरीत गई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित पले स्वाँ पुखू (कमल पोखरी) मा पार्किङ लागि ठेक्का दिएको छ ।
स्थानीयले उक्त ठाउँमा पोखरी कायम गर्नुपर्ने भन्दै खन्न क्षमापूजा गर्दा समेत महानगर आफ्नो पूर्ववत् अडानमा छ ।
साविक पोखरी रहेको उक्त क्षेत्र मिचिँदै गएपछि २०२६ सालमा तत्कालिन नगरपञ्चायतसभाले पोखरी नै कायम राख्नुपर्ने निर्णय गरेको थियो । त्यसबारे परेको विवादमा सर्वोच्चले २०२९ सालमै पोखरी नै कायम राख्नुपर्ने फैसला गरेको थियो ।
तर अहिले महानगरले साउन १ देखि लागु हुने गरी पोखरीमा ५ वर्षका लागि पार्किङ सञ्चालन गर्न ठेक्का लगाएको हो । यो समाचार कान्तिपुरमा प्रशान्त मालीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण