भारतप्रति आक्रोशित स्थानीय, भत्काए गण्डक नहर
बिहीबार, ०९ साउन २०७६, ०७ : ५७
पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ ।
नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।
लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए ।
बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ । यो समाचार नारायण शर्माले कान्तिपुर दैनिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
-
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण