मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

अल्झियो कांग्रेसः नियमावलीमा अझै विवाद

बिहीबार, ०९ साउन २०७६, ०८ : १८
बिहीबार, ०९ साउन २०७६

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमावली विवादमा अल्झिएको छ । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए । २९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन ।

बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक बिहीबार पुनः बस्दै छ। नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउँदैन। मस्यौदा समितिका संयोजक रमेश लेखक एक साताका लागि देशबाहिर रहेकाले यो मुद्दा सल्टिन केही समय लाग्न सक्ने देखिएको छ
। 

यही विषयमा बुधबार पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्यो । नियमावली कसरी पारित गर्नेदेखि अन्य एजेन्डाबारे छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

अघिल्लो साता नेपाल टे«ड युनियनको अगुवाइमा शुभेच्छुक संस्थाले नियमावली सच्याउन पार्टी नेतृत्वलाई दबाब दिएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नवीन झाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप