बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वेलायती प्रधानमन्त्रीलाई ओलीले भने, ‘तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ’

बिहीबार, ०९ साउन २०७६, १३ : ४४
बिहीबार, ०९ साउन २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

आफ्ना वेलायती समकक्षीलाई वधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गरेका छन् । ‘नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्टकका वेलायत नै हो’, प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।’

प्रधानमन्त्री ओलीले  सन्र्दभवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रशङ्ग उल्लेख गर्दै भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समूदायसँगको अन्तरकृयाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।’

‘वेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा  भनिएको छ,  ‘नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्त्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं ।’ प्रधानमन्त्री ओलीले उनको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भनेका छन्, ‘म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप