डा. भगवान कोइरालाले निर्माण गर्ने अस्पताललाई सरकारले जग्गा लिजमा दिने
बिहीबार, ०९ साउन २०७६, १७ : २४
काठमाडौँ । केही समय पहिला सबै प्रदेशमा बाल अस्पताल सञ्चालन गर्ने उद्घोष गरेका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।
कोइरालाको इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौँमा ४१ रोपनी १० आना ३ पैसा सरकारी जग्गा उपलब्ध गराउने आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७ मा नेपाल सरकारका नाममा रहेको कित्ता नम्बर २३ को उल्लेखित परिमाणको जग्गा इन्स्टिच्युटलाई लिजमा दिने सरकारले निर्णय गरेको हो ।
गैरनाफामूलक संस्था र व्यक्तिसँगको सहकार्यमा काठमाडौँमा १०० बेड र प्रदेशमा कम्तीमा ५० बेडका स्याटलाइट अस्पताल स्थापना गर्ने डा. कोइरालाले जनाएका छन् ।
यो अभियानको लागि गुडविल एम्बेसडर सारेगम लिटिल च्याम्प रियालिटी सोका उपविजेता प्रितम आचार्यलाई घोषणा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण