प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक
नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षसमेत रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले प्रजातन्त्रवादी प्राध्यापक संघले प्रगतिशील समूहसँग अपवित्र गठबन्धन गरेका कारण नेपाल प्राध्यापक संघको जारी १६औं महाधिवेशन नटुंगिएको बताए ।
नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय प्राध्यापकलाई अवसर दिने र संघको पदाधिकारीमा प्रतितिशील पक्षलाई प्रजातन्त्रवादीले अवसर दिनुपर्ने गोप्य साँठगाँठका कारण विगत तीन साताअघि सुरु भएको प्राध्यापकहरुको महाधिवेशन अझैसम्म सकिएको छैन ।
प्राध्यापकहरुको विवाद बढेपछि केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मको लागि भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेका सम्बन्धमा प्रधानले टिप्पणी गरे । प्राध्यापक संघको काँधमा राजनीतिक नियुक्तिको बन्दुक राखेर पड्काउन खोज्नु दुर्भाग्यपूर्ण छ । दुई तिहाईको दम्भ बोकेको नेकपा सरकारले उच्च शिक्षाका क्षेत्रमा हुने राजनीतिक नियुक्तिमा कांग्रेस पक्षीय व्यक्तिलाई कुनै अवसर दिंदैन । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेभित्रै उठ्यो नेकपासँगको सहमतिमाथि प्रश्न
-
गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र
-
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
-
नारायणगढ–मुग्लिन सडक एकतर्फी सवारी सञ्चालन
-
सुनसरी घटना : प्रहरीको गोली लागेर नागरिकको मृत्यु भएकोमा नेकपाद्वारा भर्त्सना
-
निजी अस्पतालहरूको सञ्चालक संस्थाले भन्यो: ओपीडी सेवा नचलाउनू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण