बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आइतबारदेखि राजधानीमा पाँचौं व्यवस्थापन तथा आईटी शैक्षिक मेला

शुक्रबार, १० साउन २०७६, १३ : ०१
शुक्रबार, १० साउन २०७६

नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाँचौं  व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

पाठशाला एजुकेशन फाउण्डेशनले साउन १२ र १३ मा काठमाडौंको बुद्घनगरस्थित हिरा पार्टी प्यालेसमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरुको सहभागिता रहने छ ।

झण्डै ५० वटा स्टलहरु रहने दुई दिने शैक्षिक मेलामा करिब चार हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई.टि.तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका अध्यक्ष सञ्जय मण्डलले बताए ।

यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमाउनको विश्वास छ ।

मेलामा नेपाली विश्वविद्यालयवाट पोखरा विश्वविद्यालयका पाँच शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा विश्वविद्यालयका कलेजहरु, दुई वटा सि.ए. र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा यु.के., मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए ।

शैक्षिक मेलाको आयोजकमा पाठशाला एजुकेशन फाउण्डेशन रहेको छ भने किङ्स कलेज र नामी कलेजको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप