गुठी विधयेक संशोधनमा सघाउँदै कामनपा
गुठी विधयेक संशोधनमा सघाउन काठमाडौं महानगरपालिकाले सरोकारवालासंग छलफल थालेको छ । सरकारले गुठी विधयेक पुनः परिमार्जन गरी पेश गर्ने आन्तरिक तयारी गरिरहेको समयमा महानगरपालिकाले गुठीयारसंग नियमित छलफल थालेको हो ।
सरकारले गुठी विधेयकलाई परिमार्जन गरी ६ महिनापछि हुने हिउँदे अधिवेशनमा पेश गर्दैछ । त्यसमा आन्दोलनरत गुठीयारको भावनालाई सम्बोधन गराउन सुझाव संकलन गर्न थालेको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
महानगरपालिकाको सम्पदा र पर्यटन समितिले ज्यापू महागुथि नगरसमितिको व्यवस्थानपनमा बृहत गुठीयारको बृहत भेला गरिसकेको छ । यस भेलालाई निरन्तरता दिँदै छलफलबाट निस्किएको निचोड सरकारसमक्ष बुझाउने महानगरपालिकाको तयारी छ । यसका लागि विभिन्न गुठीयारसंग नियमित छलफल गरिने महानगरपालिका सम्पदा समितिका संयोजक न्हुच्छेकाजी महर्जनले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
-
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
-
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
-
रुसी बेटिङ कम्पनीसँगको सम्बन्धका कारण पिर्लो इटालीको मुख्य प्रशिक्षकको दौडबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण