प्रधानमन्त्रीले बोलाए सबै मन्त्री र सचिवलाई सिंहदरवार
काठमाडौँ । सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै कतिपय नेताहरुले प्रश्न गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आ–आफ्ना आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्तीले सवै मन्त्री र सचिवहरुलाई सिंहदरवार बोलाएका छन् ।
सवै मन्त्री र सचिवहरुसँगको छलफलका लागि सिंहदरवारमा साढे १० बजे बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।
मन्त्रीहरु र सचिवहरुसँगको छलफलमा प्रधानमन्त्रीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र योजनाका बारेमा सामुहिक छलफल गर्दै योजना कार्यान्वयनको प्रतिबद्धता माग्नेछन् ।
कार्यक्रममा हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाबारे प्रस्तुति दिनेछन् ।
गत आर्थिक बर्षमा बजेट कार्यान्वयनमा सरकार कमजोर देखिएपछि प्रधानमन्त्री ओलीले सबैसँग कार्ययोजना मागेका थिए । सोही अनुसार उनले असार २६ गते मन्त्री र सचिवहरुसँग मौखिक कार्ययोजना मागेका थिए । प्रधानमन्त्री ओलीले यसपटक भने लिखित प्रतिबद्धता माग्ने भएका छन् ।
‘पहिला मन्त्री र सचिवहरुको प्रस्तुती सुन्नुहुनेछ । त्यसपछि कार्यक्रम प्रभावकारी बनाउन आवाश्यक ठाने लिखित प्रतिबद्धता माग्नसक्नुहुनेछ,’ प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले भने, ‘चित्तबुझ्दो प्रतिबद्धता नआए हायर एण्ड फायरको स्थिति पनि आउन सक्छ’ उनले भने, ‘केही मन्त्री र सचिवहरुको कामकारवाहीप्रति प्रधानमन्त्री सन्तुष्ट नभएको बुझिएको छ ।’
अधिकांश सचिवहरुले प्रधानमन्त्री कार्यालयमा मङ्गलबार नै आफ्ना कार्ययोजना तयारीका विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण