यसरी खर्च गरियो १ लाखलाई १३ दिने रोजगारी दिन साढे २ अर्ब
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यप्रगति विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको कार्यक्रम अन्तरगत कुल १ लाख ७५ हजार ९ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।
हाल सम्म प्राप्त तथ्याङ्क अनुसार गत आर्थिकमा ७५३ स्थानीय तहमध्य ५९९ स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटेको र ती स्थानीय तहहरुबाट ६ हजार ८ सय योजनाहरुमा १ लाख ७५ हजार ९ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको मन्त्रालयले जनाएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः साढे २ अर्ब खर्चेर १ लाख ७५ हजारलाई १३ दिने रोजगारी
कुल २२ लाख ६२ हजार २ सय ६९ दिन संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा नेपाल भरिबाट औसतमा एक व्यक्तिले १३ दिन काम पाएका छन् ।
गत वर्षबाट शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट छुट्याएको थियो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ग्रामिण बाटो घाटो, घोडेटो, पुल पुलेसा, स्थानी सडक, सार्वजनिक शौचालय, चौतारा, पार्क लगाएका क्षेत्रहरुको निर्माण पुनःनिर्माण तथा सरसफाइका कामहरु गरिएका छन् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण