स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयुएच( मा स्वास्थ्य परीक्षणका गर्न आज साँझ त्यसतर्फ जाँदै छन् ।
गत शुक्रबार छाउनीस्थीत सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनी आज बेलुका ९ः४५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।
स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका प्रधानमन्त्री ओली एक साता बस्ने छन् ।
गत शुक्रबार छाउनीमा गरिएको नियमित परीक्षणमा उनको युएसजी ग्याइडेड ‘रेनल बायोप्सी’ गरिएको थियो । सो परीक्षण गर्दा उनको रगतमा क्रिएटिनिनको मात्रा बढेको देखिएको थियो ।
चिकीत्सकका अनुसार रेनल (मिर्गौलाको) बायोप्सीमा सुईको माध्यमले मिर्गौलाको तन्तुको एउटा सानो नमुना निकालिन्छ । यो परीक्षण प्रत्यारोपण गरिएको मिर्गौलाले कसरी काम गरिरहेको छ भनेर थाहा पाउन गरिन्छ ।
मिर्गौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिएमा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मात्र यस्तो परीक्षण गरिन्छ ।
प्रधानमन्त्री ओलीको सन् २००७ मा भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा देखिएको संक्रमण देखिएपछि थाइल्याण्ड र दिल्लीमा उपचार उपचार गराएपछि मात्र निको भएको थियो ।
एक वर्षपहिले प्रधानमन्त्रीको पदबहाली गर्नुअघि उनी नियमति परीक्षणका लागि थाइल्याण्ड गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण