नागका मन्दिर र घरघरमा नागको पूजा, तस्विरमा हेर्नुहोस्
सोमबार, २० साउन २०७६, १२ : १७
श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।
आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेको छ ।
प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ । आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ ।
नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण