यसरी फुट्यो बागलुङको तुरतुरे ताल, बुर्तिबाङ्ग सडक अवरुद्ध
बुटवल– गत बर्षको बर्षायाममा पहाड खसेर बाग्लुङ्गको बडिगाड खोलामा बनेको तुरतुरे ताल फुटेको छ । तालको पानी बाहिरिने क्रममा पानीले खोलदा मध्यपहाडी लोकमार्गअन्र्तगत २ सय मिटर सडकमा समेत इाती पुगेको छ । जसका कारण बुर्तिबाङ्ग बजार आवतजावत गर्न अबरोध पुगेको छ ।
जिल्लाको बडिगाडघाट गाउँपालिका–७ र डोरपाटन नगरपालिका– १ को बीचमा तुरतुरे भन्ने चट्टान सहितको ठूलो पहिरो खोलामा खसेर गतवर्षको भदौदेखि ताल बनेको थियो । गएराती २ बजेदेखि ताल फुटन् थालेको र अहिलेसम्म तालमा जमेको पानी ५०, ६० प्रतिशत निस्किसकेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले रातोपाटीलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीकाअनुसार ताल एकैपटक नफुटी विस्तारै पानी निकासतर्फ गएकाले ठुलो खतरा हुनबाट जोगिएको बताए । तालको पानी बाहिरिन थालेपछि डुवानमा परेका घर र खेतहरु देखिन थालेका छन् । तालको पानी वग्न थालेपछि त्यस स्थानका स्थानीयहरु त्रसित बनेका छन् ।
ताल फुटेपछि नदी किनारमा रहेका बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला, रिडीसम्मका नदि किनारका मानिसहरुलाई सर्तकता अपनाउन भनिएको छ । नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
गुल्मीतर्फ नदी किनारमा पानीको वहाव वढनसाथ पूर्व सुचना यन्त्र पनि जडान भएको छ । पानीको वहाव बढन साथ राति ३ बजेबाट त्यसले पूर्व सुचना प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।
तालको पानी बग्न थालेपनि कुनै क्षति नगरेको र थप क्षति हुन नदिन पनि सतर्कता अपनाइरहेको प्रजिअ पौडेलले बताए ।
बडिगाड खोलको तटीय क्षेत्रमा सर्तकता अपनाउनुपर्ने अवस्थालाई भने सुरक्षा निकायले सबैलाई सचेत बनाइरहेको छ । गत वर्ष सो पहिरोले ताल बनेको बाग्लुङका सिमल चौरका ४ घर डुबानमा परेका थिए । पहिरोमा जोखिमपूर्ण यात्रा गर्दा एक जनाको ज्यान पनि गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण