पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार
शुक्रबार, २४ साउन २०७६, ०७ : ३३
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ ।
ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा गर्नुपर्छ ।
‘पुल नहुँदा धेरै समस्या भइरहेको छ, ठेकेदारले अनेक बहानाबाजी निर्माण कार्य लम्ब्याउने काम गरिरहेको छ,’ बैजापुका स्थानीइ हुमाशंकर ओलीले भने ।
अलपत्र पुलको विषयमा सडक डिभिजन कार्यालय सांसद र गाउँपालिकामा पटक–पटक धाउँदा पनि ठेकेदारले समयमै काम नगरेको गुनासो छ । पुल निर्माणको काम सम्पन्न भएमा अगैयाबाट छोटो दुरीमा नेपालगञ्ज आवतजावत गर्न सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ । यो समाचार आजको नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण