दाङ्गमा विषादी सेवन गरी चार दिनमा चार जनाद्वारा आत्महत्या
शुक्रबार, २४ साउन २०७६, १० : २७
बुटवल । दाङ्गमा पछिल्लो चार दिनमा विषादी सेवन गरेर चार जनाले आत्महत्या गरेका छन् ।
गत राती तुल्सीपुर उपमहानगरपालिका–१२ क्वाङगीका जलबहादुर चौधरीकी १२ वर्षीया दिपिक्षा चौधरीको विषादी सेवन गरी मृत्यु भएको हो ।
उनी सहित उक्त विषादी सेवन गरि पछिल्लो चार दिनमा चार जनाको ज्यान गएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् ।
चौधरीको उपचारको क्रममा ज्यान गएको र उनको शव प्रादेशिक अस्पताल दाङ्गमा राखिएको शाहले बताए ।
यसअघि विषादी सेवन गरेर तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ वर्षीय मिनबहादुर बिक, सोही नगरपालिका–१९ बिजौरीकी ५० वर्षीया बमकुमारी रोका र राजपुर गाउँपालिका–३ गंगदीकी २१ वर्षीया मिरा चौधरीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण