महासंघकै दबाबमा सहकारीमा उच्च ब्याजदर
सोमबार, २७ साउन २०७६, ०७ : ३६
सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाइएको पाइएको छ ।
सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्थाअनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नहुने भन्दै बढाउन दबाब दिएपछि सहकारी विभागले १६ प्रतिशत निर्धारण गरी आईतबार लागू गरिसकेको छ ।
ब्याजदरको सीमा बढाउनकै लागि महासंघले बजारमा चलेको औषत दरभन्दा उच्चदर कायम गर्न सुझाव गरेको थियो ।
महासंघले विभागमा पठाएको सुझावमा सहकारीको ऋणमा १७.५ प्रतिशत सन्दर्भ ब्याजदर कायम गर्न सुझाव दिएको थियो ।
यो समाचार कारोबार दैनिकमा यादव हुमागाईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण