टाढा छ केरुङ–काठमाडौँ रेल
प्रधानमन्त्री केपी ओलीले २०७२ साल चैतमा चीन भ्रमण गरेसँगै त्यहाँबाट रेल नेपाल ल्याउने कुराले चर्चा पाउन थाल्यो । २०७६ सालसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आएको रेल केरुङ हुँदै काठमाडौँ ल्याउने बताइरहेका छन् ।
प्रधानमन्त्रीको कुरा सुन्दा महिना होइन केही दिनभित्र चिनियाँ रेल नेपाल आइहाल्छ जस्तो लाग्छ । तर, केरुङ–काठमाडौँ रेलमार्गको अहिलेसम्म सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन ।
सम्भाव्यता अध्ययनअघि प्राविधिक अध्ययन प्रतिवेदन चाहिन्छ । चीनको नेसनल रेलवे अथोरिटी अफ चाइनाले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई २०७५ मंसिरमा बुझाइसकेको छ ।
उक्त प्रतिवेदनले काठमाडौँ–केरुङ रेलमार्गको दुरी करिब ८० किलोमिटर हुने र निर्माण गर्न नौ वर्ष लाग्ने अनुमान गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण